दहीले फाइदा गर्छ उच्च रक्तचाप हुनेलाई

एजेन्सी— जब हाम्रा नशाहरुमा रगतको दबाब सामान्यभन्दा बढी हुन थाल्छ, त्यसलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर भयो भने हाम्रो रगतको सन्चार सही तरिकाले हुन पाउँदैन । त्यसैले उच्च रक्तचाप हुनेहरु विभिन्न समस्यामा पर्न सक्छन् । कहिलेकांही त यो मृत्युको कारण पनि बन्न सक्छ । 

रक्तचाप उच्च हुनेहरुले खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । र, दही उनीहरुका लागि निकै राम्रो सावित हुनसक्छ । दहीले रगतमा बन्ने कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्ने भएकाले यसलाई फाइदाजनक मानिएको हो । कोलेस्ट्रोलको मात्रा नियन्त्रण हुँदा रगतको प्रवाहमा समस्या कम हुन्छ । 

एक अध्ययनका अनुसार लामो समयसम्म दही खाने मानिसहरुमा उच्च रक्तचापको समस्या अत्यन्त कम हुन्छ । दही दैनिक खानेहरुमा उच्च रक्तचापको सम्भावना ३१ प्रतिशतले कम हुने अध्ययनहरुले देखाएका छन् । उच्च रक्तचाप हुनेहरुले ख्याल के गर्नु पर्छ भने लामो समयसम्म यो समस्या रह्यो भने हृदयघात हुने सम्भावना पनि बढ्दै जान्छ । 

त्यसो त दहीका अरु फाइदाहरु पनि नभएका होइनन् । दही नियमित खानेहरुलाई पेटमा कुनै समस्या नहुने अध्ययनहरुले देखाएका छन् ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार २१:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया