तपाईंले पनि १२३४५६ पासवर्ड राख्नुभएकाे छ ?

मानिसहरु सम्झिन सकियोस् भनेर प्रायः आफ्ना व्यक्तिगत खाताका पासवर्ड सजिलो राख्छन् । यस्ता पासवर्ड ह्याकरले सजिलै पत्ता लगाउँछन् र डेटा चाेर्छन् । 

साइबर सेक्युरिटीबारे हालै भएकाे एक अध्ययनले पासवर्डसम्बन्धी केही तथ्यहरु सार्वजनिक गरेकाे छ । 

बेलायतको नेशल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी) ले गरेको अध्ययनले प्राय ह्याक भएका अधिकांश एकाउन्टको पासवर्ड १२३४५६ राख्ने गरेको पत्ता लगाएको छ । 

यो अध्ययनले मानिसहरुमा साइबर ज्ञानको कमी भएको निष्कर्ष निकालेको छ, जसबाट खतरा उत्पन्न हुन सक्ने देखाएको छ ।

सेन्टरले सुझाव दिएको छ ‘स्ट्रङ्ग पासवर्ड बनाउन मानिसले सजिलै याद हुने फरक–फरक तीन अंकलाई एकैसाथ प्रयोग गर्नुपर्छ ।’

साइबर सर्वेमा एनसीएससीले ह्याक भएका खाताको पासवर्ड विश्लेषण गरेको थियो । जसमा सबैभन्दा धेरै १२३४५६ पासवर्ड प्रयोग भएका एकाउन्टहरु करिब २ करोड ३० लाखभन्दा धेरै छ ।



यसपछि सबैभन्दा धेरै प्रयोग गरिएको पासवर्ड १२३४४५६७८९ थियो । 

बढी प्रयोग भएका पाँच पासवर्डमध्ये 'qwerty', र 'password' पनि रहेका छन् । 



पासवर्डमा सामान्यतया ऐश्ले, माइकल, डेनियल, जेसिका र चार्लीजस्ता नामहरु बढी प्रयोग भएका छन् । 

त्यस्तै पासवर्डमा सबैभन्दा धेरै प्रयोग भएका फुटबल क्लबहरुमा लिभरपुल पहिलो र चेल्सी दोस्रो स्थानमा छन् । संगीतसँग सम्बन्धित पासवर्डमा ब्लिंक–१८२ धेरै राखिएको छ । 

एनसिएससीका टेक्निकल डाइरेक्टर डा.इयान लेवीका अनुसार सामान्य पासवर्ड राख्ने मान्छेहरु सजिलै ह्याकरको शिकार भएका छन् । 

उनी भन्छन् ‘आफ्नाे डेटा सुरक्षित राख्न सजिला पासवर्डहरु राख्नुहुँदैन । जस्तै:आफ्नाे नामकाे पहिलाे अक्षर, मनपर्ने फुटबल क्लब, ब्यान्ड र सेलिब्रेटीकाे नाम राख्दा सुरक्षित हुँदैन ।’

४२ प्रतिशत मानिसहरुमा पैसा चाेरी हुने डर रहेकाे र १५ प्रतिशत मानिसमात्र आफ्नाे एकाउन्ट सुरक्षित रहेकाे महसुस गर्ने गरेकाे सर्वेबाट देखिएकाे छ । 

ह्याक भएका एकाउन्टकाे डेटा हेर्ने सेक्युरिटी एक्सपर्ट ट्रॉय हंन्ट अनलाइन सेक्युरिटीकाे एकमात्र उपाय भनेकाे आफ्नाे एकाउन्टमा कठिन पासवर्ड राख्नु भएकाे बताउँछन् । 

  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार २१:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया