कोरोना अपडेटः भारतमा पछिल्लो २४ घन्टामा ५० हजारभन्दा धेरै संक्रमित

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँ कोरोना भ्याक्सिनको निर्यातमा रोक समेत लगाइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा मात्र ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यही समयमा भारतमा २ सय ५१ जनाको कोरोनाका कारण निधन भएको छ ।

भारतमा अब ३ लाख ९५ हजारभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यहाँ ५ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भ्याक्सिन लगाइएको छ ।

भारतमा अहिलेसम्म १ करोड १७ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, त्यहाँ १ लाख ६० हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १०:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया