नेपालमा कोरोनाभाइरसको दोस्रो लहर देखिन थालेको अनुमानमा विभिन्न जिल्लाहरुमा कडाइ गर्न थालिएको छ ।
अब नेपालका विभिन्न जिल्लाहरुले प्रशासनमार्फत् यसमा सतर्कता अपनाउन मात्र होइन, अन्य नियमहरु लगाउन थालेका छन् । काठमाडौं जिल्ला प्रशासनले होलीमा भीडभाड नगर्न मात्र होइन, सार्वजनिक स्थलमा मास्क नलगाइ नहिँड्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, म्याग्दीमा अब विदेशबाट आउनेहरुले अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।
त्यस्तै, सिन्धुपाल्चोक जिल्लामा पनि मास्क नलगाउनेलाई कारवाही गर्ने भनिएको छ ।
पछिल्ला दिन भारतमा कोरोना संक्रमणको दोस्रो लहरलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्र ५३ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।