रेशम चौधरी रिहाइ माग गर्दै बसेको धर्नामा पुगे गृहमन्त्री

काठमाडौं : टीकापुर हत्याकाण्डका मुख्य दोषी एवम् सांसद रेशम चौधरी रिहाइको माग गर्दै माइतीघर मण्डलमा बसेको धर्नामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् ।

चौधरीको रिहाइका लागि बिहीबार बसेको धर्नामै पुगेर गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गरेका हुन्। 

सरकारले नेत्रविक्रम चन्द विप्लव र छुट्टै राज्य मागसहित आन्दोलनरत सिके राउतलाई मूल धारमा ल्याए पनि पहिचानको लडाइँमा होमिएका चौधरीसहितलाई नछाडेको भन्दै थारु अगुवाहरुले धर्ना दिँदै आएका छन् ।

माइतीघरमा धर्ना दैनिक एक घन्टा हुँदै आएको छ। माग मुद्दा सुनुवाइका लागि थारु अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन्। 

२०७२ भदौमा कैलालीको टीकापुरमा नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकारका रुपमा परिचित छन् रेशम चौधरी । तर थारु समुदायले मुद्दा फिर्ता र दोषी ठहर भइ जेल पुगेकालाई छाड्न मागसहित यही आइतबारदेखि धर्ना दिइरहेका छन्। 





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १५:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया