तत्कालै विद्यालय बन्द नगरिने, भीड नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं : कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि देखिने सम्भावना बढेका बेला सरकारले विद्यालयमा भीडभाड नगरी पठनपाठन गर्न भनेको छ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले शिक्षण संस्थामा भीडभाड हुने कार्यक्रम, सभा, समारोह, वार्षिकोत्सवसहितका गतिविधि नगर्न निर्देशन दिएको छ।

बैठकले भीडभाड हुने कुनै पनि कार्यक्रम र भेला नगर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। नियमित पठनपाठन पनि भीड नगरी सुचारु गराउन मन्त्रालयले भनेको हो।  बैठकले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड गर्न पनि भनेको छ। त्यस्तै प्रदेश र स्थानीय सरकारबाट मापदण्डहरूको पूर्ण पालना गर्न गराउन पनि भनेको छ।

विद्यालयमा भीड हुने भएकाले कोभिड–१९ संक्रमणको जोखिमलाई ख्याल गर्दै शिक्षक-विद्यार्थीलाई सजगता अपनाउन मन्त्रालयले भनेको छ। शिक्षण संस्थामा मास्क, सेनिटाइजर, साबुन पानी प्रयोग गर्न भनिएको छ भने ज्वरो मापन तथा लक्षण देखिएकालाई उपचार व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १६:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया