खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले खुकुरी प्रहरी गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको हो । 

श्रीमतीको हत्या आरोपमा सुनसरीको धरान–८, दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार ९:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया