बङ्गलादेशविरुद्धको एकदिवसीय सिरिजमा न्युजिल्यान्डको 'क्लिन स्विप'

बङ्गलादेशविरुद्धको एकदिवसीय सिरिज न्युजिल्यान्डले क्लिन स्विप गरेको छ । ३ खेलको सिरिजको तेस्रो तथा अन्तिम खेलमा टोली १६४ रनको फराकिलो जित निकाल्दै घरेलु टोली न्युजिल्यान्डले सिरिज क्लिन स्विप गरेको हो । 

तेस्रो खेलमा न्युजिल्यान्डले दिएको ३१९ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४२.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । 

उसका लागि महमुदुल्लाह बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । उनी ७३ बलमा ७ चौका र ४ छक्काको मद्दतले ७६ रनमा अविजित रहे । 
लिटोन दास र मुस्फिकुर रहिमले समान २१-२१ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका जेम्स निशमले ५, म्याट हेनरीले ४ र काइल जेमिसनले १ विकेट लिए ।  

वेलिङ्टनमा टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले डिभोन कोनवे र डर्याल मिचेलले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१८ रनको योगफल तयार पारेको थियो । 

४७.२ ओभरमा मुस्ताफिजुर रहमानले अफिफ होसेनबाट क्याच गराउनुअघि कोनवेले ११० बलमा १७ चौकाको मद्दतले १२६ रन प्रहार गरे । १०० रनमा अविजित रहेका मिचेलले ९२ बलमा ९ चौका र २ छक्का प्रहार गरे । 



बंगलादेशका लागि रुवेल होसेनले ३, मुस्ताफिजुर रहमान, तस्किन अहमद र सौम्य सरकारले १–१ विकेट लिए । 

जितसँगै न्युजिल्यान्डले ३ खेलको सिरिजमा तीनै खेल आफ्नो पक्षमा परेको हो ।  न्युजिल्याण्ड पहिलो खेलमा ८ र दोस्रो खेल ५ विकेटले विकेटले विजयी भएको थियो ।



  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १२:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया