साइनो जोडिछौ को सित.. भन्दै लद्दाखमा गोरखा सैनिकको मस्ती, मन्त्री दंग

भारतीय सेनामा रहेका नेपालीहरु नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। भारतीय सेनाको पोशाकमा दुई युवा नेपाली गीत बजाएर मज्जाले नाचेको भिडियोमा देखिन्छ। 

एउटा सुन्दर तालको किनारमा उनीहरु जुनी काट्छु भन्थेउ नी म सित...साइनो जोडिछौ को सित ?.... गीत बजाएर मस्तले नाचेका छन्। केही सैनिकहरु कुर्सीमा बसेर नाच हेर्दै ताली बजाइरहेका छन्। भैमा मादलहरु पनि छरिएका छन्।

त्यो भिडियो अरुणाञ्चल प्रदेशका एक मन्त्रीले सेयर गरेका हुन्। अरुणाञ्चल प्रदेशका युवा तथा खेलकुद मन्त्री किरेन रिजिजुले आफ्नो फेसबुक र ट्विटर गोरखा सैनिकका जवानहरु नाचेको भिडियो सेयर गरेका हुन्। 

उनका अनुसार त्यो भिडियो भारत–चीन सीमाक्षेत्र लद्दाख प्याङगोङको हो। ‘मैले निकै महान आनन्दको महसुस गरेँ, लद्दाखको प्याङगोङमा भारतीय गोरखा सैनिक जवान र सहयोगी जब पूर्णरुपमा संगीतमा डुबेर रमाए’ उनले भिडियो सेयर गर्दै भनेका छन्। 

भारतमा अहिले करिब ३२ हजार गोरखा सैनिक रहेका छन्। भारतीय सेनाले गोरखा सैनिकलाई विशेष गरी सिमा क्षेत्रमा खटाउने गरेको छ। पाकिस्तानसँगको विवाद सीमा क्षेत्र काश्मिरसँग भारत–चीन सीमा क्षेत्र लद्दाख लगायतमा पनि भारतीय सेनामा कार्यरत नेपालीहरु खटिने गरेका छन्। 





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १२:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया