उपेन्द्र यादव भन्छन् : ओली प्रतिगामी हुन्, उनीसँग सहकार्य हुनै सक्दैन

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने बताएका छन् ।

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केपी ओली नेतृत्वको सरकार प्रतिगामी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले जसपा सरकारमा नजाने स्पष्ट पारेका हुन्। 

उनले टीकापुर नरसंहारका दोषी रेशम चौधरीसहितका कैदीबन्दीको रिहाइका लागि सरकारसँग वार्ता भइरहेको बताए । ‘राजबन्दीको रिहाइ र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो,’ यादवले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले जसपा सहकार्य गर्न तयार छैन।’

अध्यक्ष यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । उनले अब प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनुपर्ने जिकिर गर्दै संघीयता र गणतन्त्र पक्षधरको सरकार हुनुपर्ने दाबी गरे। 
 





  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १२:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया