मध्यरातमा सूर्य थापाले सम्झिए ओलीविरुद्ध 'माझण्ड गुट'का ती १२ कदम
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीका विरोधीहरुलाई दुःखी आत्माको संज्ञा दिएका छन् । थापाले 'माझण्ड गुट'ले गर्न बाँकी केही नराखेको बताएका छन् । 

अहिले अदालतले नेकपा एमाले ब्यूँताएपछि एमालेमा आएर गुट चलाउँदै बसेको भन्दै उनले ब्यङ्ग्य पनि गरेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले गुट चलाएर एकताको आत्मरतिमा रमाएको उनको आरोप छ ।

थापाले शुक्रबार राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओली विरोधी समूहले गरेका विभिन्न १२ वटा कार्यहरुलाई स्मरण गरेका छन् । उनले अ‍ोली विरोधीहरुले गर्न बाँकी केही नराखेको बताएका छन् । 

थापा लेख्छन्, 'पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत स्वरमा स्वर मिलाउन तँछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुःखी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ !' 

थापाले ओली विरोधी खेमामा रहेका नेताहरूमाथि कटाक्ष गर्दै प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म उनीहरुले गर्न बाँकी केही नराखेको बताएका छन् । 

थापाले ओलीविरोधी खेमाले प्रदर्शनी मार्गमा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नौँ भन्दै चिच्याएको देखि कार्की बैक्वेटबाट साधारण सदस्यबाट हटायौँ भनेर उफ्रिएको सम्म सम्झना गरेका छन् । 



पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने...

Posted by Surya Thapa on Friday, March 26, 2021


  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ८:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया