कांग्रेस केन्द्रीय समिति बस्दै, जोशीको शव २ घण्टा सानेपामा राखिने

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी निधन भएपछि पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । नेता जोशीलाई श्रद्धाञ्जली दिनका लागि बैठक राखिएको हो । 

शुक्रबार निधन भएका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा बिहान १२ बजेदेखि २ बजेसम्म राखिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

त्यसअघि कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामै बस्नेछ । बैठक बिहान साढे ११ बजेका लागि डाकिएको छ । नेता जोशीको हिजो राति साढे आठ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । 





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ९:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया