पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी खस्कँदो रहेको बताएका हुन् । पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भए पनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कँदो रहेको उनले बताए ।
राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने बताउँदै उनले समाज रुपान्तरणको जग नै शिक्षा भएको बताए । शिक्षित जनशक्ति निर्माण गर्न सके मात्रै देशको विकास हुने उनको भनाइ थियो ।
पछिल्लो समय नेपालमा धेरै परिवर्तन भए पनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अस्तव्यस्त भएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।