दीर्घकालीन आर्थिक र सांस्कृतिक सहकार्य गर्न चीन र इरान सहमत

चीन र इरान दीर्घकालीन रुपमा आर्थिक र सांस्कृतिक सहकार्य सहमत भएका छन् । इरानको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र इरानका समकक्षी मोहम्मद जवद जरिफले सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

दुवै राष्ट्र दीर्घकालीन सहकार्यका लागि सहमत भएसँगै कम्तिमा २५ वर्षसम्म सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । संयुक्त राज्य अमेरिकाको प्रतिबन्ध झेलिरहेका यी दुई मुलुकको सहकार्य रणनीतिक हुने उनीहरुले बताएका छन् ।

दुई दिने भ्रमणका लागि शुक्रबार तेहरान पुगेका चीनका विदेश मन्त्री यी र उनका इरानी समकक्षी जरिफले शनिबार तेहरानमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । तर, सम्झौतामा रहेको विस्तृत विवरण भने खुलाइएको छैन ।

सम्झौता लगत्तै इरानले चीनलाई धन्यवाद दिएको छ । चीन कठिन समयको मित्र भएको भन्दै इरानी विदेशमन्त्री जरिफले पश्चिमाहरूको अन्यायपूर्ण प्रतिबन्धको विरोधमा उत्रिएकामा पनि चीनलाई धन्यवाद दिएका छन् । सम्झौतासँगै इरानमा चिनियाँ लगानी धेरै भित्रिने अनुमान गरिएको छ ।  

अमेरिकासहित पश्चिमा राष्ट्रहरूले इरानमाथि विभिन्न प्रतिबन्ध लगाएपछि चीन उसको ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०१८ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता तोडेपछि इरानको धेरैजसो तेल चीनमा निर्यात भएको थियो ।





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार ९:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया