पहिलो टि-२० मा न्युजिल्यान्डको सहज जित

न्युजिल्यान्ड–बंगलादेशबीचको ३ खेलको टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्ड विजयी भएको छ । उसले बंगलादेश माथि ६६ रनको सहज जित हात पारेको हो ।

न्युजिल्यान्डले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले पुरै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि अफिफ हुसेनले सर्वाधिक ४५ रनको योगदान दिए । १६.४ ओभरमा लोकी फर्गुसनले बोल्ड गराउनुअघि उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

मोहम्मद सैफउद्दिन अविजित ३४, मोहम्मद नइमले २७ र कप्तान मोहमुदुल्लाहले ११ रनको योगदान दिदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्यान्डका इस सोढीले ४, लोकी फर्गुसनले २, टिम साउदीले र हमिस बेनेटले १-१ विकेट लिए ।

ह्यामिल्टनस्थित सेडनपार्कमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट  गुमाउँदै २१० रनको योगफल तयार पारेको थियो । उसका लागि डिभोन कोनवे र विल योङ्गले उत्कृष्ट प्रदर्शन गरे । कोनवे ५२ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे ।

योङ्गले ३० बलमा २ चौका र ४ छक्काको मद्दतले ५३ रन प्रहार गरे । ग्लेन फिलिप्सले अविजित २४ र मार्टिन गुप्टिलले ३५ रनको योगदान दिए । बंगलादेशका नसुम अहमदले २ र मेहदी हसनले १ विकेट लिए । 

जितसँगै न्युजिल्यान्डले सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो टि-२० मार्च ३० मा हुनेछ ।





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १०:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया