झा दम्पती अपहरण तथा हत्या : थप तीनजना पक्राउ
फरकधार / १५ चैत, २०७७

महोत्तरीको पिपरा गाउँपालिकाबाट बेपत्ता पारी हत्या गरिएका झा दम्पती अपहरण तथा हत्यामा संलग्न रहेको आरोपमा थप तीनजना पक्राउ परेका छन् । 

प्रहरीले तारादेवी झा र उनका दुई छोरा कैलाश र विकास झालाई शुक्रबार पक्राउ गरेको हो । झा दम्पतीको जलेको कपडा, शव र जलाएको बाकस उनीहरुको घरमा फेला परेको थियो।

हालसम्म भेटिएका प्रमाणका आधारमा उनीहरू झा दम्पती हत्यामा संलग्न देखिएको दाबी प्रहरीको छ। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । 

सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झालाई फागुन १० गते रातिदेखि बेपत्ता पारिएको थियो । गत बिहीबार पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा उनीहरुको शव फेला परेको थियो।

  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १८:३३:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया