भारतीय सेनाले दिएको एक लाख डोज कोभिड भ्याक्सिन नेपाली सेनाले बुझ्यो

भारतीय सेनाले नेपाली सेनालाई उपहारस्वरुप दिएको एक लाख डोज कोभिड-१९ विरुद्धको भ्याक्सिन आइतवार काठमाडौं आइपुगेको छ।

एयर इन्डियाको जहाजबाट काठमाडौं आइपुगेको उक्त भ्याक्सिन आइतवार साँझ भारतीय सेनाका प्रतिनिधिले नेपाली सेनाका प्रतिनिधिलाई त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरेका छन्। 

भारत सरकारले यसअघि नेपाललाई १० लाख डोज कोभिड भ्याक्सिन सित्तैमा दिएको थियो। त्यस्तै नेपालले भारतबाटै २० लाख डोज कोभिड भ्याक्सिन खरिद गरेको थियो। जसमध्ये १० लाख डोज ल्याएर खोप अभियान चलाइएको छ।

यससँगै भारतबाट उपहार र खरिदसहित करिब ३१ लाख डोज खोप नेपाल आउँदैछ। यसअघि पहिलो खेपमा १० लाख डोज उपहार, १० लाख डोज खरिद गरेर तथा आज थप १ लाख डोज त्यहाँको सेनाले नेपाली सेनालाई उपहारस्वरुप दिएको हो। अब खरिद गरेको १० लाख डोज खोप आउन बाँकी रहेको छ। 

 





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार २१:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया