चीनले दिएको कोरोना खोप काठमाडौं आइपुग्याे

चीन सरकारले सहयोग दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल ल्याइएकाे हाे । 

कोरोना खोपसहितको स्वास्थ्य सामग्री लिएर वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ । चीनले स्वास्थ्य सामग्री सहायता अन्तर्गत दिएको कोरोना भ्याक्सिन 'भेरासेल' आज आएकाे हो । 

यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन र अन्य स्वास्थ्य सहायता सामग्री पनि आज आएको हो । 

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले सहायता दिन लागेको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार ९:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया