अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलका लागि टिकट मूल्य बढाएको छ ।
एन्फाले टिकटको मूल्य साधारण तर्फ १ हजार तथा भिआइपी तर्फ २ हजार तोकेको छ ।
यसअघि टिकटको मूल्य साधारण तर्फ ७ सय तथा भिआइपी तर्फ १५ सय तोकिएको थियो ।
प्रतियोगिताको उपाधिका लागि सोमबार (आज) आयोजक नेपाल र बंगलादेश भिड्दै छन् । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।
चैत १० देखि सुरु भएको प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको यु–२३ टिमको सहभागिता थियो ।
बंगलादेशले समूह चरणमा किर्गिस्तानलाई १–० ले पराजित गर्दा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले समूह चरणका दुवै खेलमा गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।