किसानका बारीमा गहुँ काट्दै विप्लव

सरकारसँग तीन बुँदे सहमतिपछि खुला राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' यतिबेला कहाँ के गर्दै होलान् ? धेरैको चासोको विषय रहेको छ । राजनीतिक व्यक्ति, भेटघाट र कार्यकर्ता परिचालनमै व्यस्त हुने अपेक्षाविपरीत उनी यतिबेला गृहजिल्ला कपिलवस्तुमा किसानको गहुँ काटिरहेका भेटिएका छन् । 

काठमाडौंमा उच्च राजनीतिक भेटघाट गरेर कपिलवस्तु पुगेका विप्लव शिवगढीका स्थानीयको गहुँबारीमा पार्टीका स्थानीय नेता कार्यकर्तालाई साथमा गहुँ काटिरहेका थिए । घरमा कम जनशक्ति भएर गहुँबाली भित्र्याउन समस्या भएका किसानलाई सहयोग गर्न विप्लव बारीमा पुगेको नेकपाका एक नेताले बताए । विप्लवले गहुँबारीमा जानु पहिले श्रमसँग नजोडिएका नेता कार्यकर्ता कम्युनिस्ट बन्न लायक हुँदैन, जनता बारीमा भएकाले बेला हेरेर बस्ने कम्युनिस्ट नेता बन्न सक्दैन भन्ने अभिव्यक्ति दिएका थिए । 

विप्लव हँसिया बोकेर आफ्नो गहुँबारीमा पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । उनीहरु भन्छन्, कम्युनिस्ट नेता यस्तो हुनुपर्छ ।' महासचिव विप्लवसँगै नेकपा नेता असल पनि गहुँ काटिरहेका छन् ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १६:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया