पछिल्लो २४ घन्टामा थपिए १४१ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

३ हजार १ सय २२ पिसिआर गर्दा १ सय ४१ जनामा कोरोना पोजिटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ८२ जना कोरोनामुक्त भएका छन् । 

योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको हो। मन्त्रालयका अनुसार सोमबारसम्म १३ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै, सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। 

पछिल्लो समय कोरोनाको ग्राफ बिस्तारै बढ्दै गएको भन्दै सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १७:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया