नेपाली फुटबल टोलीले लगातार ८ खेलपछि गोल गर्न सफल भएको छ । त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा बंगलादेविरुद्ध गोल गर्दै नेपालले लामो समयदेखिको गोलको खडेरी तोडेको हो ।
पछिल्लो समय नेपालले सन २०१९ सेप्टेम्बर १० गोल गरेको थियो । विश्वकप तथा एसिया कप दोस्रो चरणको छनोट खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । चाइनिज ताइपेइ मै भएको खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए । त्यसयता भएका अन्य खेलमा नेपाली टोलीले कुनै गोल गर्न सकेको थिएन ।
त्यसपछि भएका ८ खेलमा नेपाली खेलाडीले गोल गर्न सकेका थिएनन् । नेपाली टोलीले विश्वकप छनोट अन्तर्गत नै अस्ट्रेलिया ५–० नेपाल (१० अक्टुबर २०१९), जोर्डन ३–० नेपाल (१५ अक्टुबर २०१९), म्यानमार ३–० नेपाल (७ नोभेम्बर २०१९), कुबेत १–० नेपाल (१९ नोभेम्बर २०१९) मा कुनै गोल नगरी पराजय व्यहोरेको थियो ।
२०२० नोभेम्बर १३ र १७ मा नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो मध्ये पहिलो खेलमा २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।
अहिले भइरहेको त्रिदेशीय फुटबल प्रतियोगिताका समूह चरणका दुई खेलमा पनि नेपाली टोलीले कुनै गोल गरेका थिएनन् ।
समूह चरणमा नेपालले चैत १२ गते कीर्गिस्तान विरुद्ध खेलेको थियो । चैत १४ गते बंगलादेश विरुद्ध खेलेको थियो । दुवै खेल गोलरहित बराबरीमा सकिए ।
नेपाली खेलाडीले ८ खेलपछि राष्ट्रिय टोलीका लागि गोल गर्न सकेका हुन् । यस बीचमा नेपालले विपक्षी टोलीबाट १४ गोल खाएको थियो । अन्तराष्ट्रिय खेलमा १४ गोल खाएपछि नेपालले गोल गर्न सकेको हो ।
यो समाचार तयार पर्दासम्म नेपालले बंगलादेश विरुद्ध २ गोल गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।