शिक्षा मन्त्रालयले दिएको बिदा स्थानीय तहले गरे अस्वीकार

सोमबार शिक्षा मन्त्रालयले दिएको बिदा स्थानीय तहले अस्वीकार गरेका छन् । 

उपत्यकाबाहिरका केही स्थानीय तहहरुले वायुमण्डलमा खासै असर नदेखिएको दाबी गर्दै विद्यालय बन्द गर्न अस्वीकार गरेका हुन् ।   

संविधानमा माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापन स्थानीय तहलाई दिएका कारण सरकारको बिदा कार्यान्वयन गर्न स्थानीय तह बाध्य हुँदैनन् ।

शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति निकालेर देशभरका शैक्षिक संस्था बन्द रहने जानकारी गराएको थियो । 

तर, सरकारको निर्देशन तनहुँको भीमाद नगरपालिका, मोरङको विराटनगर नगरपालिका, इलामको इलाम नगरपालिका, इलामकै रोङ गाउँपालिकालगायतले विज्ञप्ति निकालेर बिदा अस्वीकार गर्ने जानकारी दिएका छन् । 

राजधानीकै केही विद्यालयले पनि बिदा नदिई अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएका छन् । 



 

शिक्षा मन्त्रालयले जारी गरेकाे  विज्ञप्ति



तनहुँकाे भीमाद नगरपालिकाकाे विज्ञप्ति

इलामकाे इलाम नगरपालिकाकाे विज्ञप्ति

मोरङको विराटनगर नगरपालिकाकाे विज्ञप्ति​

इलामकाे रोङ गाउँपालिकाकाे विज्ञप्ति

ललितपुरकाे लिटिल एन्जेल्स स्कुलले अभिभावकलाई पठाएकाे सूचना

 


 

  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १९:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया