नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई अध्यक्ष केपी ओलीले गरेको कारवाहीलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
वरिष्ठ नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरिएको बारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसबाट उल्टो परिणाम निस्किने चेतावनी दिएका छन्।
‘कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो', उनले भने, 'परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’
प्रधानमन्त्री आजै पार्टीका वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई अनुशासनको कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।