\
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरे । उनले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’
साथै, उनले पार्टी एकता भन्ने शब्दको हुर्मत प्रज्ञा प्रतिष्ठानको डबलीमा बसेर लिइएको भन्दै आलोचना गरे । प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेको बताउँदै आफू कुनै आवेश र उत्तेजनामा नआएको समेत उनले बताए ।
उनले भने, ‘देश संकटमा परेको छैन । बरु, प्रचण्ड र माधव नेपाललाई संकट परेको होला । संघीय लोकतान्त्रिक गणतन्त्र कहीँ कतै बिरामी परेको मैले देखेको छैन । चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।