माधव पक्षको निष्कर्ष : केपी ओलीले नेपाली कम्युनिष्ट आन्दोलन ध्वस्त बनाए
अब सबैतिर समानान्तर कमिटी बनाउँछौं : भीम रावल

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाएका छन्। मंगलबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकपछि नेपाल-खनाल समूहले संयुक्त वक्तव्य जारी गर्दै यस्तो आरोप लगाएको हो ।

ओलीविरुद्ध माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका हुन्। बैठकपछि ओलीको निलम्बनमा परेका नेता भीम रावलले पुन:स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र भइरहेको बताए।

रावलले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा ओलीले पुर्‍याउनै पर्ने मत राखे। त्यहीँबाट पार्टी पुनर्गठन अघि बढाउनुपर्ने पनि माधव समूहले जनाएको छ। 

माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका हुन्। विज्ञप्‍तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुन:स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।

‘अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्‍नु भएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्वक काम भइरहेका छन्,’ बैठकपछि नौ जनाले हस्ताक्षर गरेर निकालेको वक्तव्यमा भनिएको छ ।

उनीहरुले विधि र प्रक्रियागत ढंगले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन गरेको आग्रह सुन्दै नसुनी ओलीले स्वेच्छाचारी कदम चालेकाले संकट बढेको बताएका छन्। नेता रावलले ओलीको पछिल्लो कदमले पार्टी झन् विभाजनतर्फ गएको बताए। उनले विधान विपरीत महाधिवेशन आयोजक कमिटी बनाएपछि अब आफूहरूले सबै क्षेत्रमा समानान्तर कमिटी बनाउने बताए।





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १७:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया