ओलीले देशलाई नैतिक पतनको बाटोतिर लगे : रामचन्द्र पौडेल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संकटतिर लगेको बताएका छन्।   रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले आफूहरुले ७० वर्षसम्म लडेर ल्याएको लोकतान्त्रिक प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी गणतन्त्र आज एकपटक अदालतबाट बचेको पनि सुनाए। 

पौडेलले तर अहिले पनि नेपालको राजनीतिमा विकृति देखा परेको भन्दै चिन्ता जनाए। पौडेलले ओलीले अहिले नैतिक पतनको बाटोमा देशलाई अघि बढाएको भन्दै सरकारको भूमिकाको आलोचना गरे। नेपाल सरकारले म्यानमार भएको सैनिक क्रुरताविरुद्ध  एक शब्द पनि नबोलेको भन्दै सरकारको आलोचना गरे।
 





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १७:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया