नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृसंगठन युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढीमा पुत्ला जलाएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावललाई कारबाही गरेको विरोधमा पुत्ला संघले दहन गरेको हो ।
युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता माधव नेपाल र भीम रावलमाथि कारबाही गरेको विरोधमा पुत्ला जलाएको बताए । ‘जनमतको भावनाविपरीत अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय नेपाल र रावलमाथि कारबाही गरेका छन्’, उनले भने, ‘यसमा युवासंघ सुदूरपश्चिम प्रदेशको घोर आपत्ति रहेको छ ।’
पुत्ला दहनपछि युवा संघका नेताहरुले केपी शर्मा ओली मुर्दावाद, भीम रावल जिन्दावादलगायत नारासमेत लगाएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।