थप १६७ जनामा कोरोना पुष्टि, तीनजनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।
 
तीन हजार १४० जनाको पिसिआर परीक्षण गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ६७ हजार ४०८ पुगेको छ । हाल ५३ सङ्क्रमित क्‍वारेन्टिनमा छन् । 

पछिल्लो २४ घण्टामा देशभर ११५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । हाल देशभर एक हजार ३९० सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा तीनजनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १९:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया