नयाँ सरकारबारे प्रस्ट निर्णय दिन देउवालाई प्रचण्डकाे आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् । 

माओवादी केन्द्रका नेतासहित देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका प्रचण्डलाई देउवाले भोलि जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग कुरा गर्ने र पर्सि निर्णय लिने जवाफ दिएको बुझिएको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष दाहालले नयाँ सरकार गठनबारे प्रस्ट निर्णय दिन देउवालाई आग्रह गरेका हुन् ।

नेकपा विभाजित भएको बेलादेखि नै प्रचण्डले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै आएका थिए । देउवा भने नेकपाको आधिकारिक विभाजन नभएकाले एउटा पक्षसँग मिलेर सरकार बनाउन सहमत भएका थिएनन् । 

पार्टीभित्र सुरुमा सरकारमा जान नहुने दबाब आए पनि पछिल्लो समय कांग्रेस नेताहरु पनि देउवाको नेतृत्वमा सरकार बनाउन एकमत देखिएका छन् ।





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार २१:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया