घनश्याम भुसाललाई सूर्य थापाको प्रश्न : चुनाव जितेपछि पार्टी फुटमा लाग्नु संयोग कि नियति ?

सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनश्याम भुसालले चुनाव जितेपछि पार्टी फुटाउनका लागि लाग्ने गरेको आरोप लगाउँदै प्रश्न गरेका छन् ।

इतिहास र वर्तमानले भुसालले चुनाव जितेपछि पार्टी फुटाउने गतिविधिमा जुट्ने गरेको  देखाएको भन्दै यी सबै घटनाक्रम संयोग हुन् कि नियति भन्ने प्रश्न गरेका छन् । चुनाव जित्नासाथै फुटमा लाग्ने कस्तो व्यवहार भन्दै थापाले प्रश्न गरेका हुन् । 

भुसाल पहिलो पटक २०५१ सालपछि भएको उपनिर्वाचनमा विजेता बनेपछि पार्टी फुटको गतिविधिमा लागेको थापाले लेखेका छन् । उपनिर्वाचन जितेका भुसाल २०५५ मा पार्टी विभाजनमा लागेकाले तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले कारबाही गरेको उनले लेखेका छन् । 

थापाले सामाजिक सञ्जालमार्फत भुसाल फेरि पार्टी विभाजनमा लागेको बताए । २०७४ मा चुनाव जितेका भुसाल फेरि २०७७ पुस ५ पछि पार्टी फुटको गतिविधिमा रहेको थापाको आरोप छ । 

यी दुवै घटनाक्रमलाई जोड्दै थापाले भुसालमाथि प्रश्न गरेका हुन् । थापाले चुनाव जिते लगत्तै पार्टी फुटाउन लाग्नु संयोग कि नियति भएको भन्दै भुसालमाथि प्रश्न गरेका हुन् ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार ८:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया