एमबाप्पले टोकियो ओलम्पिक नखेल्ने

फ्रान्सका युवा स्टार केलियन एम्बाप्पे टोकियोको ओलम्पिकमा सहभागी नहुने भएका छन् । 

उनले आफ्नो क्लब करियरको बारेमा सोच्दै ओलम्पिकमा सहभागिता जनाउन नचाहेको फ्रेन्च फुटबल संघलाई जानकारी गराएका हुन् । 

एमबाप्पे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को सम्झौता सकिन १ वर्ष मात्र बाँकी छ र उनलाई लिन स्पेनिस क्लब रियल मड्रिड पूर्ण रूपमा तयार रहेको बताइएको छ ।

रियल जाने चर्चा चले पनि पिएसजी सजिलै एमबाप्पेलाई छाड्ने पक्षमा भने छैन यसका लागि क्लबले उनलाई दिँदै आएको तलबमा ४ मिलियन युरो थप्ने निर्णय गरेको छ । 

एमबाप्पेले भने आफू सही निर्णय गर्ने बारे सोचिरहेको बताएका छन् ।

‘मैले क्लबलाई बारम्बार भनिरहेको छु, म यहीँ रहे पनि लामो समयका लागि रहनेछु’, एमबाप्पेले भने, ‘मैले यो पनि भन्दै आएको छु, म यहाँ खुसी छु र क्लब र समर्थकले मलाई साथ दिँदै आएका छन् । म छिट्टै यसको निर्णय गर्नेछु ।’





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १३:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया