जनकपुरधाममा प्रदेश निर्वाचन कार्यालय स्थापना

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ । 

निर्वाचन आयोगले सबै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न सक्ने संवैधानिक व्यवस्था अनुसार यस प्रदेशमा पनि प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको हो । 

निर्वाचन आयोग संवैधानिक निकाय रहेकाले सातवटै प्रदेशको राजधानीमा प्रदेश स्तरको प्रादेशिक निर्वाचन कार्यालय स्थापना गरिएको निमित्त प्रदेश निर्वाचन अधिकारी पुष्पा झाले बताइन् ।

यसले जिल्लाको काम गर्नुका साथै प्रदेशको आठवटै जिल्लामा रहेको जिल्ला निर्वाचन आयोगको कार्यालयसँग समन्वय पनि गर्ने उनले बताइन् । 

प्रदेश निर्वाचन कार्यालयहरूमा उपसचिव स्तरको कर्मचारीको दरबन्दी कायम गरिएको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १५:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया