सुर्खेतका एक युवाको दक्षिण कोरियामा मृत्यु

रोजगारीका लागि दक्षिण कोरिया गएका सुर्खेतका एक युवाको मृत्यु भएको छ । दक्षिण कोरियाको राजधानी सौलबाट करिब ७८ किमि टाढा यजुस्थित एक सिसा कम्पनीमा कार्यरत गगन रावलको मृत्यु भएको हो ।

रोजगार अनुमति प्रणाली इपिएसमार्फत् रोजगारीको सिलसिलामा करिब ५ वर्ष अघि कोरिया पुगेका रावलको गए राति करिब २ बजे हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाका पूर्व कार्यवाहक अध्यक्ष पुष्कर बुढाथोकीले जानकारी दिए । 

बुढाथोकीका अनुसार उनी अबको १० दिनपछि आफ्नो पहिलो कार्यकाल सकेर घर फर्किने तयारीमा थिए । सहकर्मीहरूका अनुसार मृतक रावल सुतिरहेको अवस्थामा अचानक ठूलो आवाज निकालेर चिच्याएपछि नजिकका केही साथीहरूले थाहा पाएर राति नै अस्पताल पुर्‍याएका थिए । तर, अस्पताल पुग्नासाथ अस्पतालले रावलको मृत्यु भएको घोषणा गरेको हो ।

उनी सुर्खेत चौकुने गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार २०:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया