ओली सरकारलाई हाम्रो समर्थन छैन, चिठी मात्रै लेख्‍न नसकेका हौँ : नारायणकाजी

नेकपा माओवादी केन्द्रले आजको बैठकबाट पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिन सकेन। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय नलिएको हो।  

'स्थायी कमिटीको औपचारिक बैठक एक दुई दिनमै बसेर निर्णय लिने टुंगोमा पुगेका छौँ। आज हामीले हाम्रो पार्टीको सांगठनिक प्रक्रिया कसरी अगाडि बढाउनेबारे कुरा गर्‍यौँ', प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'राष्ट्रिय प्रशिक्षण भेला वा सम्मेलन के गर्ने भनेर छलफल गरेका छौँ। स्थगित केन्द्रीय कमिटी बैठक छिट्टै गर्ने तयारी छ।'

श्रेष्ठले माओवादीले निर्णय नगर्दा ओली सरकार नढलेको भन्ने कुरा पनि सत्य नभएको बताए। 'माओवादीले नै निर्णय नगरेर सरकारबाट फिर्ता नभएको कुरा सत्य होइन। हाम्रो पार्टीको पोलिसी अनुसार यो सरकारलाई हाम्रो समर्थन छैन', उनले भने, 'तर हामीले टेक्निकल्ली चिठी मात्रै पठाएका छैनौँ। हामी यो संसदलाई पूरा अवधि चल्न दिने पक्षमा भएकाले चिठी पठाएर तत्कालै समर्थन फिर्ता नलिएका हौँ।'

सर्वोच्चको फागुन २३ को आदेशले सकारलाई संविधानको धारा ७६ उपधारा २ मा लगिदिएको उनले बताए। 'अहिले सबै राजनीतिक दलको धारणा बुझ्दैछौँ। केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहन्छौँ', उनले भने, 'देशलाई प्रतिगमनतिर लैजाने यात्रालाई रोकेर हामी नयाँ शिराबाट अघि बढ्न चाहन्छौँ। हामी संसदलाई पूरै कार्यकाल लैजान चाहन्छौँ । हामी टुंगोमा नपुगेकै होइन, हामीले त अरु दललाई पनि केपीको सरकारमा गए हुन्छ भनेका छौँ।'

भिडियो





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार ११:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया