ओलीको कारवाहीपछि घनश्याम भुसालको प्रतिक्रिया– ओलीले पार्टीको गौरवको चीरहरण गर्दैछन्

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरि निलम्बन गरेपछि प्रतिक्रिया दिएका छन् । 

भुसालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ओलीले गरेको कारवाहीको विषयमा प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’

उनले ओलीले अहिले पार्टीको गौरवको चीरहरण गरेको पनि बताएका छन् । यसको आफूहरुले सामाना गर्ने पनि भुसालले आफ्नो स्टाटसमा लेखेका छन् । 

तर, यसले लोकतन्त्रको ठूलो हुर्मत लिएको र यो अपूरणीय भएको उनले बताएका छन् ।

उनले पार्टीको अध्यक्ष भएर ओलीले गरेको बर्बादीका लागि आफूले दुनियाँसँग माफी माग्ने पनि स्टाटसमा लेखेका छन् । भुसालले लेखेका छन्, ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँलारगर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १४:३१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया