मन्त्री नेम्वाङ र भारतीय राजदूतद्वारा हुलाकी राजमार्ग हस्तान्तरण

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ र भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको आर्थिक सहयोगमा तराई क्षेत्रमा निर्माण भएका सडकहरू संयुक्त रुपमा त्यहाँका जनतालाई समर्पित गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, उपसचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा कार्यक्रममा उपस्थित थिए।

नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्‍नति गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो जुन भारत सरकारको  ८ सय ०० करोड नेपाली रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुनेछन्।

यी सडकहरूलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरूले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरूलाई भारत—नेपाल सीमासँग पनि जोड्छन्। नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरूले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनतालाई जोड्न सघाउ पुर्‍याएका छन्।

 नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरूको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर क्यारियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङसहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।

ठेक्का उद्देश्यका लागि यी १० सडकहरूलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो ।  १४ वटा प्याकेजमध्ये निर्माण भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज भारतीय राजदूत र भौतिक पूर्वाधार र यातायात मन्त्रीले संयुक्त रुपमा समर्पित गरेका हुन्। 





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १६:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया