प्रचण्डमाथि सूर्य थापाको  कटाक्ष : लड्डु खाने अवस्था छैन, अब रोइलो सकियो

प्रधानमन्त्री केपी  शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि फेरि एक पटक प्रहार गरेका छन्। नेकपा खारेज गर्ने सर्वोच्चको फागुन २३ गतेको फैसलाविरुद्ध चैत १७ मा दिएको पुनरावलोकन निवदेनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले निस्सा नदिएपछि थापाले प्रचण्डमाथि कटाक्ष गरेका हुन्। 

पुत्र प्रकाशको निधनपछि रोइरहेको फोटो र सर्वोच्चको निर्णयको प्रतिलिपि सामाजिक सञ्जाल हाल्दै उनले प्रचण्डको पीडामा नुन छर्किने कोसिस गरेका हुन्। 'सर्वोच्च अदालतको फैसला ! लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तापनि पुनरावलोकनको रोइलो अब सकिएको छ', उनले भनेका छन्, 'निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ। सम्हालिनुहोस्, राजनीति गर्नुहोस्। राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ।'

थापाले प्रचण्डमाथि नेकपा एकता भाँड्ने काम गरेको अर्को आरोप पनि लगाएका छन्। 'आफैले भाँड्न चाहेको एकता कति प्यारो ?', थापाले दाहालमाथि व्यंग्य गरेका छन्। 

प्रचण्डले चैत १७ मा दिएको पुनरावलोकनसम्बन्धी निवेदनलाई प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी  र प्रकाशकुमार ढुंगानाको इजलासले निस्सा अनुमति नदिएको हो।

तीन न्यायाधीशको इजलासले उक्त फैसला पुनरावलोकन गर्न निस्सा प्रदान नगर्ने निर्णयसँगै अब एमाले र माओवादी अलग अलग हिँड्नुपर्ने भएको छ। सर्वोच्च अदालतले पुनरवलोकन निवेदनलाई निस्सा नदिएपछि यो मुद्दा यहीँ टुंगिएको छ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै कसैको राजनीतिक अभिष्ट पूर्तिका लागि स्वतन्त्र न्यायालयबाट इन्साफ भएको जिकिर गरेका थिए।  उनले  यसबाट मुलुकमा अराजकताबाहेक केही पनि र कोही पनि बाँकी नरहने पुनरावलोकन निवेदनमा दाबी गरेका थिए।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १७:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया