धनगढीमा होटलमा एक पुरुष मृत फेला, मृतकका आफन्त आन्दोलित
फरकधार / १९ चैत, २०७७

धनगढी ट्राफिक चौराहनजिकको सनराइज होटलमा एक पुरुष मृत फेला परेपछि आफन्त आन्दोलित भएका छन् । प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै मृतक तिलक भण्डारीका आफन्तले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका हुन् । 

प्रहरीले घटनामा सत्यतथ्य छानबिन गरिरहेको दाबी गर्दै आएको छ । धनगढी ट्राफिक चौराहमा बाक्लो रुपमा सुरक्षार्की परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका–१७ धुरजन्‍नाका भण्डारी होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनी दुई दिनदेखि होटलमै बसिरहेका थिए । प्रहरीले घटनाको अनुसन्धानका लागि होटलमा कार्यरत एक युवतीसहित तीनजनालाई बुधबार राति नै नियन्त्रणमा लिएको छ । 

तर, मृतकका आफन्तले आफूहरूको सहमतिविपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप लगाएका छन् ।

  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १८:५१:३,   अन्तिम अपडेट : चैत १९, २०७७ बिहीबार १८:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया