भारतको नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । दिल्लीमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका २ हजार ७ सय ९० जनाभन्दा धेरै संक्रमित भेटिएका छन् ।
यो वर्ष दिल्लीमा कोरोनाका सबैभन्दा बढी संक्रमित भेटिएको यो पहिलो पटक हो । जनवरीयता दिल्लीमा यति धेरै कोरोना संक्रमित भेटिएका थिएनन् ।
दिल्लीमा अचानक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विशेष एक्सन प्लान बनाउन शुक्रबार बैठक बोलाएका छन् ।
अधिकारीहरुका अनुसार दिल्लीमा पछिल्लो २४ घन्टामा ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
पछिल्लो समय कोरोना संक्रमित बढ्न थालेपछि दिल्लीमा फेरि विद्यालयहरु बन्द भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।