काठमाडौंमा मेलम्चीको पानी वितरणको सुरुवात गर्दै राष्ट्रपति भण्डारी

मेलम्ची परियोजनामार्फत काठमाडौं उपत्यकामा आइपुगेको सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी वितरणको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । 

राष्ट्रपति भण्डारीले आज दिउँसो मेलम्चीको पानी वितरणको सुरुवात गर्ने आयोजनाले जनाएको छ । दिउँसो २ बजे भण्डारीले भृकुटीमण्डपमा रहेको धारा खोलेर वितरणको औपचारिक सुरुवात गर्नेछिन् । 

मेलम्ची परियोजनामार्फत काठमाडौंमा आइपुगेको मेलम्ची खोलाको पानी काठमाडौंमा वितरण सुरुवात गर्ने औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने आयोजनाले जनाएको छ । 

अहिले मेलम्चीको पानी काठमाडौं उपत्यकाका महाँकाल, मिनभवन र खुमलटारको पाटी ट्याङ्कमार्फत वितरण भइरहेका छन् । बालाजुको पोखरीमार्फत पनि वितरण सुरुवात भएको आयोजनाले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार ९:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया