प्रधानमन्त्री कार्यालयको भवनमा सर्दै गृह मन्त्रालय

प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ। गृह मन्त्रालय सार्ने भएपछि गृहमन्त्री रामबहादुर थापा 'बादल'ले निरीक्षण गरेका छन् । 

२०७२ को भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । त्यही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको काम हुने गरेको थियो।

सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण पूरा भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पूर्वी भवनमा सरेको छ। अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो । हाल गृहमन्त्रालय बसेको भवन पुनर्निर्माण गर्न र नयाँ बनाउन लागिएको छ।
 





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १४:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया