प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि सरकारलाई काम गर्न नदिएको गुनासो गरेका छन्। बहुप्रतिक्षित मेलम्चीको खानेपानी वितरण समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सरकार अहिले देश र जनताको रक्षामा लागिरहेको बताउँदै विकासका प्रयासहरूलाई अगाडि बढाउनेतर्फ काम भइरहेको उल्लेख गरे। 'कतिपय कराउँदै गर्छन्। म नेपाली दाजुभाइहरुलाई म भन्दैछु कहाँ भयो प्रतिगमन? परिभाषा नै नबुझी प्रतिगमन?', उनले भने, 'अवैध बाटोबाट हिँडेर प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ? अवैध बाटोबाट जाने अनि प्रतिगमन भयो भन्ने?'
पुन:स्थापित संसदले कुनै काम गर्न नसक्ने जिकिर उनले गरे। 'पुन:स्थापित संसदले न काम अगाडि बढाउन सक्छ, न केही गर्छ सक्छ। संसद अहिले तानातानको थलो भएको छ', उनले भने, 'बलिया व्यक्तिहरुको स्वार्थको तानातानको थलो भएको छ संसद। संसदले देशमा शान्ति अमनचयन राख्नेबारे सोच्नुपर्ने हो तर त्यस्तो भएको छैन।'
उनले संसदले पनि सरकारलाई सहयोग नगरेको बताए। सरकारले विकासको लहर ल्याइरहेका बेला काम गर्न नदिने प्रयास फेरि पनि भएको बताए। 'सरकारलाई हिजो पनि काम गर्न दिइएको थिएन', उनले भने, 'अहिले पनि सरकारलाई काम गर्न दिइएको छैन।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।