२४ घन्टामा थपिए १७९ कोरोना संक्रमित

नेपालमा फेरि केही दिन यता कोरोनाभाइरस संक्रमित थपिने क्रम बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा पछिल्लो २४ घन्टामा १ सय ७९ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यस अवधिमा३ हजार ५ सय ६५ जनाको कोरोनाभाइरस परीक्षण अर्थात् पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो अवधिमा कोरोनाका कारण कसैले पनि ज्यान नगुमाएको पनि बताइएको छ । यही समयमा १ सय ११ जनाले कोरोना जितेका छन् । नेपालमा अहिलेसम्म ३ हजार ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार ६१ जना क्वारेन्टिनमा रहेका छन् ।





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १६:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया