सहकारी दिवसमा १३७ जनाले गरे रक्तदान
फरकधार / २० चैत, २०७७

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंको गोंगबुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीसँगै किवानिज क्लब अफ काठमाडौं भ्याली र लायन्स क्लब अफ काठमाडौं मनास्लुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा १३७ जनाले रक्तदान गरे ।

किवानिज इन्टरनेसनलका नेपाल डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल लगायत डिस्ट्रिक्ट पदाधिकारीहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाले बताए । 

आयोजकहरूको समूहले तीन-तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । तीन महिनाअघि चावहिल गणेशस्थानमा रक्तदान गरिएको थियो । तिमल्सिनाका अनुसार, तीन महिनापछिको रक्तदान कलंकीमा गर्ने तय भएको छ ।

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १९:२४:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया