अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरीको मृत्यु

अमेरिकी राजधानी वासिङटनमा रहेको अमेरिकी संसद भवनको कम्प्लेक्समा भएको एक आक्रमणमा एक प्रहरी अधिकारी मारिएका छन् । अन्य एक अधिकारी घाइते भएका छन् । उनको अस्पतालमा उपचार जारी छ ।

प्रहरीका अनुसार त्यहाँ एक गाडीले त्यहाँको सुरक्षा पर्खालमा टक्कर थियो । त्यही गाडीका चालकले त्यहाँका सुरक्षाकर्मीलाई चक्कु प्रहार गरेर मारिदिएका हुन् । 

प्रहरीले ती हमलाकारीमाथि गोली चलाएको छ । उनको पनि घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

आक्रमणकारी २५ वर्षका नोआह ग्रीन भएको प्रहरीले जनाएको छ । तर, यो घटनाको आतंकवादसँग कुनै नाता नभएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार ६:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया