एमालेमा माधव नेपाल समूहले आज घोषणा गर्दैछ ‘विशेष अभियान’

नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज विशेष अभियान कार्यक्रमहरु घोषणा गर्ने भएको छ । यी कार्यक्रम देशैभर संगठन विस्तार तथा सुदृढीकरणका लागि अभियानका रुपमा घोषणा गर्न लागिएको हो । 

त्यस्तै, यसअघि यही समूहले गरेको राजनीतिक प्रतिवेदनलाई पनि माधव समूहले कार्यकर्तामाझ लैजाने नीति लिएको छ । यस विषयमा विस्तारमा आज घोषणा हुनसक्ने माधव नेपाल समूहका एक नेताले फरकधारलाई बताएका छन् ।

यो समूहको स्थायी कमिटी सदस्यको बैठक शुक्रबार बसेको थियो । त्यही बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई अगाडि बढाउने विषयमा छलफल भएको हो । यस अभियानलाई आज अन्तिम स्वरुप दिने नेपाल समूहले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार ७:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया