राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार निर्माणको विषयमा नेपाली कांग्रेसको निर्णय सही नभएको टिप्पणी गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
नेपाली राजनीतिमा देखिएको अहिलेको संकट नयाँ चुनावले मात्रै टार्न सक्ने पनि थापाले बताए । अध्यक्ष थापा लेख्छन्, 'वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो ।'
अध्यक्ष थापाले भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग सत्ता सहकार्य गर्दै अगाडि बढ्ने कांग्रेसको निर्णय गलत भएको धारणा राखे । थापाले कम्युनिष्टको विकल्प बनेर चुनावमा जानु अहिलेको आवश्यकता भएको बताए ।
भ्रष्ट कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाउने कांग्रेसको निर्णय आत्मघाती हुने अध्यक्ष थापाको टिप्पणी छ ।
अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृंखलालाई निरन्तरता दिन नहुने अध्यक्ष थापाको धारणा छ । सरकारमा जाने कांग्रेसको पछिल्लो चाहना तथा निर्णय आत्मघाती हुने उनको दावी छ ।
वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो।कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसंग अपवित्र गठबन्धन बनाएर अस्थिरता,भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कंग्रेसको पछिल्लो चाहना/निर्णय आत्मघाती हुनेछ। https://t.co/ZQvkT3jhfd
— Kamal Thapa (@KTnepal) April 3, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।