एकैसाथ सबै निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्दै प्रधानमन्त्री

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुभारम्भ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकसाथ देशभरका निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले आज एकसाथ देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्ने भएका हुन् । ओलीले १ सय ६५ वटै सडकको एकसाथ शिलान्यास गर्ने भएका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे प्रधानमन्त्री ओलीले सडकको शुभारम्भ गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ । ओलीले भर्चुअल माध्यमबाट एकैसाथ सडक शिलान्यास गर्ने भएका हुन् ।  

जसअन्तर्गत १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार ९:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया