बाबुराम भट्टराईको टिप्पणी : प्रतिपक्षी धर्म निभाउने कांग्रेसको संकेत सराहनीय

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत देखाएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले अन्त्यमा आएर कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको भन्दै कांग्रेसको उक्त कदम सराहनीय भएको बताएका छन् । उनले प्रतिपक्ष दलले आफ्नो भूमिका भुल्न नहुने पनि बताएका छन् । 

डा. भट्टराईले राजनीतिमा आआफ्ना दलका फरक एजेण्डा हुने बताउँदै ती एजेन्डाभन्दा माथि सधैँ देश रहने बताए । उनले दलको एजेन्डाभन्दा माथि देश, जनता र लोकतन्त्रको आवश्यकता/प्रथामिकता हुने बताए ।  

डा. भट्टराईले अहिलेको मुख्य आवश्यकता भनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउनु भएको बताए । उनले लेखेका छन्, 'आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है !'





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १०:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया